Information is intelligence
HomeShare Bazarबुद्धभुमि नेपाल हाइड्रोको आईपिओ बाँडफाँड मिति तय

बुद्धभुमि नेपाल हाइड्रोको आईपिओ बाँडफाँड मिति तय

- Advertisement -spot_img

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ यसै साता बाँडफाँड हुने भएको छ  । बिक्रि प्रबन्धक सिभिल क्यापिटलले असोज २० गते बुधबार आईपिओको प्रि अलोटमेन्ट गर्ने र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि २२ गते शुक्रबार शेयर बाँडफाँड गर्ने तयारी गरेको हो  । 

कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर  बिक्रि खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो। ८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन्। कम्पनीको आईपिओमा ३५ गुणाको आवेदन परको छ । कम्पनीको आईपीओमा २१ लाख ११ हजार ८ सय १९ जना आवेदकबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा ३५.६६  गुणा बढी हो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । जस अनुसार ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २० लाख बढी आवेदकले शेयर पाउने छैनन् । यद्यपि यो आवेदन भेरिफाई हुनु भन्दा अगाडीको डाटा रहेकोले यो संख्या केहि तलमाथि हुन सक्ने छन् । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु