Information is intelligence
HomeShare Bazarनेप्सेमा वृद्धि कायमै, कारोबार रकममा पनि वृद्धिहुँदा यी हुन् सबैभन्दा धेरै कमाउने...

नेप्सेमा वृद्धि कायमै, कारोबार रकममा पनि वृद्धिहुँदा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

पछिल्लाे एक महिनादेखि लगातार करेक्सनमा देखिएको नेप्से सूचक मंगलबारदेखि भने बढ्न थालेको छ। उच्च विन्दुबाट ६०० अंकभन्दा धेरै घटिसकेको नेप्से सूचक मंगलबार ४१ अंकले बढेको थियो भने बुधबार पनि सो वृद्धिलाई निरन्तरता दिएको छ।

बुधबार नेप्से सूचक ६८.४७ अंकले बढेर २६८१.११ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १२.७२ अंकले बढेको छ। बुधबार नेप्सेमा बिक्रीकर्ताभन्दा धेरै खरिदकर्ता हाबी देखिन्थे जसले गर्दा नेप्से सूचकमा ठूलो उतारचढाव देखिएन।

यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। मंगलबार ३ अर्बभन्दा कमको शेयर कारोबार भएकोमा बुधबार साढे ४ अर्ब रुपैयाँको कारोबार भएको छ। यस दिन ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४१ रुपैयाँ बराबरको ८१ लाख ८९ हजार ८९० कित्ता शेयर कारोबार भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु