Information is intelligence
HomeNewsप्रदेश २ का मुख्यमन्त्री राउतद्वारा विश्वासको मत हासिल

प्रदेश २ का मुख्यमन्त्री राउतद्वारा विश्वासको मत हासिल

- Advertisement -spot_img

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।

प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका छन् भने सो प्रस्तावको विपक्षमा २३ मत परेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत मुख्यमन्त्रीको दल जसपा नेपाल विभाजित भएपछि विश्वासको मत लिनु परेको हो । सत्तारुढ दल विभाजित भए पनि राउत नेतृत्वको सरकारलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेका कारण सरकारको स्थायित्वमा भने समस्या नपरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु