Information is intelligence
HomeInternationalआज रातीबाट डिभी खुल्दै,आवेदन दिनका लागि के के चाहिन्छ ?

आज रातीबाट डिभी खुल्दै,आवेदन दिनका लागि के के चाहिन्छ ?

- Advertisement -spot_img

सन् २०२३ को डाइभर्सिटी भिसा (डिभी) को आवेदन बुधवार राती पौने १० देखि खुल्ला हुने भएको छ । अमेरिकी राजदूतावास–नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको छ ।

डिभीका लागि आगामी कार्तिक २३ गतेसम्म आवेदन दिन सकिने छ । जसका लागि ६ महिनाभित्र खिचिएको फोटो र राहदानी अनिवार्य रहेको छ । डिभी भर्नका लागि https://dvprogram.state.gov/ मा गएर निःशुल्क रूपमा फारम भर्न सकिने छ ।


आवेदन दिनका लागि निम्न कुराहरू आवश्यक पर्नेछ :

१. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरूको विवरण उल्लेख गर्नुपर्ने ।

२. विगत ६ महिनाभित्र खिचिएको फोटो ।

३. वैध, म्याद नसकिएको राहदानीको विवरण ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु