Information is intelligence
HomeNewsराष्ट्रिय परिचय पत्र तथा पञ्चिकरण विभागको महानिर्देशकको जिम्मेवारी भट्टराइलाई

राष्ट्रिय परिचय पत्र तथा पञ्चिकरण विभागको महानिर्देशकको जिम्मेवारी भट्टराइलाई

- Advertisement -spot_img
काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय परिचय पत्र तथा पञ्चिकरण विभागमा महानिर्देशकको जिम्मेवारी सहसचिव तिर्थराज भट्टराईलाई दिएको छ । मन्त्रालयले महोत्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका सहसचिव भट्टराईलाई गृह मन्त्रालयमा काज सरुवा गरेर विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।
भट्टराईले २०७७ फागुन २३ गतेदेदि २०७८ असोज १७ गतेसम्म करिव ७ महिना महोत्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका हुन् । त्यसअघि उनले गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
यस अघि विभागको महानिर्देशको जिम्मेवारीमा रहेका सहसचिव जितेन्द्र बस्नेतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस्तरीय निर्णयबाट गत भदौ ३० गते शिक्षा तथा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशमा सरुवा भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु