Information is intelligence
HomeEconomyप्रतितोला २०० ले बढ्यो सुनको मूल्य

प्रतितोला २०० ले बढ्यो सुनको मूल्य

- Advertisement -spot_img

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० ले बढेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन बिहीबार प्रतितोला ९० हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार १५० मा कारोबार भएको छ जुन बिहीबार प्रतितोला ८९ हजार ९५० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर छ । चाँदी बिहीबार प्रतितोला एक हजार १७० मा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु