Information is intelligence
HomeShare Bazarबुद्धभुमीको आईपीओ बाँडफाँड, यहाँ हेर्नुहोस् नतिजा

बुद्धभुमीको आईपीओ बाँडफाँड, यहाँ हेर्नुहोस् नतिजा

- Advertisement -spot_img

बुद्धभुमी नेपाल हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शुक्रबार आईपीओ बाँडफाँड भएको हो ।

आईपीओमा कुल आवेदन गरेकामध्ये गोलाप्रथाबाट ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ ।

हाल आईपीओ बाँडफाँड तथ्याङ्क प्रशोधनको काम चलिरहेकाले साँझसम्ममा लगानीकर्ताले आईपीओ बाँडफाँडको नतिजा हेर्नसक्ने सिभिल क्यापिटलले जनाएको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार नतिजा प्रकाशन भएपछि आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको आईपीओ बाँडफाँडको लागि नै बनाइएको वेवसाइट, सिभिल क्यापिटलको वेवसाइट, वुद्धभुमी हाइड्रोपावर कम्पनी लिमिटेडको वेवसाइट र मेरो शेयरको आईपीओ भरिएको एप्लिकेशन रिर्पोटमा गएर चार स्थानबाट नतिजा हेर्न सकिन्छ ।

1.सिडिएससीको आईपीओ रिजल्ट हेर्नकै लागि बनाइएको वेवसाइट

2.बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेभसाइट

3.आईपीओ निष्काशक कम्पनी बुद्धभुमी हाइड्रोपावरको वेवसाइट

4.मेरो शेयरको आईपीओ एप्लीकेशन रिपोर्ट

कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका अनुसार आईपीओमा २० लाख ३० हजार ५५५ वटा आवेदन परेको थियो । उल्लेखित संख्याको आवेदनबाट सर्वसाधारणबाट माग भएको कित्ताभन्दा ३२.८० गुणा बढी अर्थात २ करोड ४४ लाख ३७० कित्ता शेयर खरिदको माग परेको थियो ।

कुल आवेदकमध्ये १६ हजार ३३ वटा संख्याबाट परेको १ लाख ९८ हजार ४४० कित्ताको आवेदन रद्द भएको छ भने २० लाख १४ हजार ९२२ वटा संख्याबाट परेको २ करोड ४२ लाख १ हजार ९३० कित्ताको माग सदर भएको सिभिल क्यापिटलले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु