Information is intelligence
HomeEconomyमुस्ताङको कोरला नाकाको उपयोग गरी चीनसँग ब्यापार अभिवृद्धि गर्न जोड

मुस्ताङको कोरला नाकाको उपयोग गरी चीनसँग ब्यापार अभिवृद्धि गर्न जोड

- Advertisement -spot_img

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गण्डकी प्रदेश सरकारले मुस्ताङको कोरला नाकाको समुचित उपयोग गरी मित्रराष्ट्र चीनसँग ब्यापार अभिवृद्धि गर्न जोड दिएका छन् ।

गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभाबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले पर्यटनलाई यसलाई प्रवर्धन गर्न अन्तर्राष्ट्रिय विमानस्थल द्रुत गतिमा निर्माण सम्पन्न गर्नुपर्ने मल्ले बताए ।

चेम्बर अध्यक्ष मल्लले नेपालको पर्यटन हब रहेको गण्डकी प्रदेशका सबै जिल्लाहरुमा आकर्षक भौगोलिक बनावट रहेकाले गाउँ-गाउँमा होमस्टेको उचित प्रबन्ध गरी पर्यटन ब्यावसायलाई सबल बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

पर्यटन प्रवद्र्धनमा हाम्रा विध्यमान परम्परा, संस्कृती र रीतिरिवाजमा पर्यटक रमाउने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको, पोखरामा यसको सुन्दरता कायम राख्न विद्युतिय सवारी साधनमा जोड दिई प्रदुषण कम गर्ने र एग्रो टुरिजम समेतलाई जोड दिनुपर्ने उनले बताए ।

गण्डकी प्रदेशमा जलश्रोत भण्डार रहेकाले जलविद्युतमा बाह्य लगानी भित्र्याई विद्युत निर्यात गर्ने सरकारको योजनामा गण्डकी प्रदेशबाट थप टेवा मिल्ने उनको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले महिला उद्यमी लगायत समग्र कृषकबाट उत्पादित समानको उचित बजार ब्यवस्थापन हुन नसक्दा कृषि पेशा फस्टाउन नसकेको, उत्पादित वस्तुको ढुवानी लागत लाई कम गरी सुपथ मुल्यमा कृषि उत्पादन बजारमा लैजाने ब्यवस्थामा सरलिकरण गर्न कृषि एम्बुलेन्सको ब्यवस्था गरिनुपर्ने, विदेशमा सीप सिकेर फर्केकाहरुबाट ब्यावसायीक कृषि तथा औद्योगिक कार्यमा उपयोग गरिनु पर्ने, कृषिलाई निर्यातमुखि बनाउनुपर्नेमा जोड दिएका छन् ।

गण्डकी प्रदेश चेम्बर अफ कमर्सको पदस्थापना कार्यक्रम सम्पन्न

गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभाबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

यहि असार २६ गते सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट चयन कार्य समितिको सपथग्रहण पश्चात पदस्थापन भएको हो । जसअनुसार गण्डकी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा किसान सुनार, उपाध्यक्षमा श्रीबहादुर गुरुङ, महासचिवमा अधिवक्ता देवराज शर्मा, सचिवमा विष्णु कुमार श्रेष्ठ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल रहेका छन् ।

सदस्यहरुमा विजय हिराचन, भरत बहादुर रकाल ठकुरी, महेन्द्र मोहन भट्टराई, टिका गुरुङ, गंगा प्रसाद श्रेष्ठ, ज्ञानुमाया अधिकारी, तारानाथ ढुंगाना, श्री प्रकाश न्यौपाने, एकता गुरुङ, युवराज खतिवडा, अरुण गिरी, गिता तिवारी रहेका छन् । त्यसैगरी कार्यसमितिले डा. टेक नारायण पौडेल तथा रवि बहादुर बि.के.लाई सदस्य पदमा मनोनित गरेको छ ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले पानसमा बत्ति प्रज्वलित गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रदेश उर्जा जलश्रोत खानेपानीमन्त्री हरिशरण आचार्य, कानुन, सञ्चारमन्त्री बिन्दु कुमार थापा, भुमि ब्यवस्था, कृषि, सहकारी मन्त्री चन्द्र बहादुर बुढा, भौतिक पुर्वाधार, सहरी विकास तथा यातायात ब्यवस्था मन्त्री कुमार खड्का, वन वातावरण तथा भु संरक्षण मन्त्री दीपक थापा, शिक्षा संस्कृती, विज्ञान प्रविधि मन्त्री मेखलाल श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले विशेष अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।

त्यसैगरी प्रदेश सरकारका सचिवहरु, स्थानीय सरकारका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु, स्थानिय संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु समेतको उपस्थिती रहेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु