Information is intelligence
HomeHealthकोरोनामुक्त देश बनाउन पहल गर्नेछु : स्वास्थ्यमन्त्री खतिवडा

कोरोनामुक्त देश बनाउन पहल गर्नेछु : स्वास्थ्यमन्त्री खतिवडा

- Advertisement -spot_img

नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेपाललाई कोभिडमुक्त बनाउने काममा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । शुक्रबार शपथग्रहणपछि मन्त्रालयमा पुगेर पदबहाली गर्दै मन्त्री खतिवडाले कोरोनाको नियन्त्रणमा विशेष ध्यान दिने र नेपाललाई कोरोनामुक्त देश बनाउन पहल गर्ने बताएका हुन् ।

उनले गठबन्धन सरकारले सार्वजनिक गरेको साझा कार्यक्रमअनुसार काम अगाडि बढाउने कुरामा पनि आफूले प्राथमिकता दिने बताए । उनले अनियमितता र भ्रष्टाचार नियन्त्रणमा पनि केन्द्रित रहेर काम गर्ने पनि बताए ।

त्यस्तै शुक्रबार नै स्वास्थ्यराज्यमन्त्री भवानीप्रसाद खापुङले पदबहाली गरेका छन् । पदबहालीका क्रममा राज्यमन्त्री खापुङले जनताले सहज रूपमा सेवा पाउने वातावरण बनाउन आफू लागिपर्ने बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु