Information is intelligence
HomeEconomyवित्तीय प्रणालीमा निक्षेप थपिएपनि सहज भएन तरलता समस्या

वित्तीय प्रणालीमा निक्षेप थपिएपनि सहज भएन तरलता समस्या

- Advertisement -spot_img

बैंकिङ्ग प्रणालीमा असोज महिना निक्षेप क्रमिक रुपमा बढे पनि तरलता अभावको समस्या सहज हुन सकेको छैन् । यो साताको अन्तिम दिन शुक्रबार मात्र बैंकहरुले तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकबाट १९ अर्ब ३० करोड स्थायी तरलता सुविधा प्रयोग गरेका छन् ।

चालु आर्थिक वर्षको तेस्रो महिना असोजको दोस्रो सातामा बैंकहरुमा ३८ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । त्यसैगरी यो साताको मंगलबार मात्र बैंकहरुमा करिब १८ अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

असोज महिना लागेपछि बैंकिङ प्रणालीमा निक्षेप क्रमिक रुपमा थपिएको भएपनि कर्जा प्रबाह दरलाई बैंक वित्तीय संस्थाले कम गर्न नसक्दा तरलता अभावको समस्या कायम रहेको छ । तरलता समस्या मात्र नभई पछिल्लो समयमा बैंकहरुमा कर्जा लगानी योग्य रकमको समेत अभाव देखिन थालेको बैंकहरुले बताउँन थालेका छन्।

असोज महिनाको दोस्रो सातामा बैंकहरुले ३८ अर्ब निक्षेप संकलन गर्दा ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन । त्यसैगरी यो साताको मंगलबार १८ अर्ब निक्षेप संकलन गर्दा ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले पूँजी, कर्जा तथा निक्षेप अनुपात ८५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाको सट्टामा कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गरेपछि तरलतासँगै कर्जा लगानी योग्य रकमको अभाव देखिन थालेको हो । बैंकहरुमा तरलता अभावको समस्या बढ्दै गएपछि निक्षेप बढाउनका लागि असोजमा ब्याजदर बढाएपनि त्यसको सकारात्मक प्रभाव पर्न सकेन । बैंकहरुले कर्जा प्रबाहको गतिलाई सुस्त नबनाउने हो भने नयाँ निक्षेप तान्नका लागि आगामी महिनामा पनि ब्याजदर बढाउनुको बिकल्प नभएको बैंकहरुले बताउँदै आएका छन्।

चालु आर्थिक वर्ष सुरु भएदेखि यो साताको मंगलबारसम्ममा बैंकहरुमा कुल ४८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । तर, यो अवधिमा बैंकहरुले २ खर्ब ४० अर्ब कर्जा लगानी गरेका छन् । बैंकहरुले स्रोतको सुनिश्चितता नगरी आक्रामक रुपमा कर्जा लगानी गर्दा तरलता अभाव तथा कर्जा लगानी योग्य रकम अभावको समस्या जटिल बन्दै गएको हो ।

यो साताको मंगलबारसम्ममा बैंकहरुले कुल ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३९ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । चालु आव सुरु भएदेखि शुक्रबारसम्ममा बैंक वित्तीय संस्थाले तरलता व्यवस्थापनका लागि ६ खर्ब ९४ अर्ब ५४ करोड रुपौयँ स्थायी तरलता सुविधा उपभोग गरेका छन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु