Information is intelligence
HomeNewsगजेन्द्र हमालले प्रधानमन्त्री समक्ष राजीनामा दिने

गजेन्द्र हमालले प्रधानमन्त्री समक्ष राजीनामा दिने

- Advertisement -spot_img

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् ।२२ असोजमा मन्त्री नियुक्त भएका हमालले आज आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा स्वीकृत गराउन बा​ध्य पार्न आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराउँदै राजीनामा दिन लागेको बताएका छन्। उनलाई उद्धृत गर्दै रातोपाटिले समाचारमा लेखेको छ -‘मैले राजीनामा बुझाएको छु । मैले मेरो स्वविवेक प्रयोग गरेँ । त्यत्तिकै विवादमा किन पर्ने ? म राजीनामा दिने पक्षमा गएँ । मैले राजीनामाको जानकारी दिइसकेको छु । आज गएर राजीनामा बुझाउँछु ।’

उनको भनाई उद्धृत गर्दै थप लेखिएको छ, ‘कसलाई नभनी राजीनामा दिए शेरबहादुर देउवाले राजीनामा स्वीकृत गर्नुहुन्न । मैले पत्रपत्रिकामा भनेपछि उहाँलाई स्वीकृत गर्न बाध्यता हुन्छ ।’ प्रधानमन्त्री देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश चोलेन्द्र जबराको जेठान हुन् ।

समाचारहरूमा जनाइए अनुसार ५ पुस २०७७ मा पहिलो पटक संसद् विघटन भएपछि संवैधानिक परिषद्ले गर्ने नियुक्तिहरूमा भागबन्डा लिएका जबराले दोस्रो विघटनपछि हमाललाई मन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । सर्वोच्च अदालतको २८ असारको आदेशअनुसार २९ असारमा देउवा प्रधानमन्त्री बनेपछि जबराले दुई मन्त्री मागेका थिए ।

यसअघि नै चोलेन्द्रले वन तथा वातावरण र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मागेको चर्चा चलेको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु