Information is intelligence
HomePoliticsइतिहासको कमजोरीबाट नसिक्ने हो भने अप्ठेरोमा पर्ने : गगन थापा

इतिहासको कमजोरीबाट नसिक्ने हो भने अप्ठेरोमा पर्ने : गगन थापा

- Advertisement -spot_img

नेपाली कांग्रेसका युवा नेता गगन थापाले इतिहासको कमजोरीबाट नसिक्ने हो भने अप्ठेरोमा पर्ने बताएका छन् ।

उनले गल्ती गर्ने छुट कांग्रेसलाई नभएको बताएका छन् । “गजेन्द्र हमालले राजीनामा दिनुभयो, एकदम राम्रो भयो,” उनले भने, “उहाँको परिवारको योगदान कांग्रेसले कहिल्यै बिर्सन सक्दैन तर ढाँट्ने र उज्यालोमा जवाफ दिन नसक्ने काम कांग्रेसले गर्नै मिल्दैन ।”

उनले ढाँट्ने र छलकपट गर्ने कामको जिम्मा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दिनुपर्ने बताए ।

“हामी केपी ओली होइनौँ ढाँटिरहनका लागि,” उनले भने, “ढाँट्ने र छल्ने कामको जिम्मा केपी ओलीलाई नै दिऊँ । कांग्रेसले उज्यालोमा वकालत गर्न नसक्ने काम नगरौँ ।”

काठमाडौंमा भएको एक कार्यक्रममा आइतबार बिहान थापाले यस्तो बताएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु