विप्लवसहित २१ दलीय गठबन्धनले सरकारविरुद्ध प्रदर्शन गर्ने


विप्लवसहित २१ दलीय गठबन्धनले सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमान्डौ | विभिन्न २२ राजनीतिक दलले आगामी मंसिर ७ गते  सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित सत्ता बाहिर रहेका २१ दलीय गठबन्धनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)  सहित भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशुल्क  उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था लगायतका माग गर्दै विरोध प्रदर्शन गर्ने भएका हुन् ।

गठबन्धनले  उखु किसानको बक्यौतालाई लिएर पनि विरोध प्रदर्शन गर्ने भएका छन्।

यी  विषयलाई लिएर गठबन्धनले  सातै प्रदेशका एक÷एक ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेका हुन्।

सोख शान सबै राजा/रानीको जस्तो चाहिने नाउँ चाहिँ किन ‘कम्युनिष्ट’: भट्टराई
काठमाडौँ | प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हेलिप्याड बनेपछि जनता समाजवादी नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्माओलीप्रति लक्षित गर्दै ‘सोख शान सबै राजारानीको जस्तो चाहिने’ भन्दै व्यंग्य गरेका छन् । प्रधानमन्त्रीको समय बचत हुने भन्दै बालुवाटा…
पुनः राजसंस्था स्थापनाको माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली
विराटनगर | राजसंस्था स्थापना गर्नुपर्ने माग गर्दै विराटनगरमा र्‍याली निकाली नारा लगाइएको छ । ‘राजा जनता एक हौं, राजा आउ देश बचाउ’ लगायतका नारासहित आज र्‍याली निकालिएको हो । र्‍यालीका क्रममा सहभागिले ‘राजा आउ देश बचाउ’ ‘२०७२ को संबिधान खारेज गर’‘२ हजार ४७ को संबिधान लागू गर’ र ‘गणतन्त्र धोका हो’ लगा…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...