२४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण, उपत्यकामा ६ सय ४७


२४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण, उपत्यकामा  ६ सय ४७

नेपालमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा थप १३५६ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या ६६६३२ पुगेको छ।

काठमाडौं उपत्यकामा मंगलबार थप ६ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ८२३ छ। हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४८०६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...