२४ घण्टामा १५ सय ३९ जनामा कोरोना पुष्टी, उपत्यकामा ७३७


२४ घण्टामा १५ सय ३९ जनामा कोरोना पुष्टी, उपत्यकामा ७३७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ सय ३९ रहेको जनाएको छ ।

आज बुधबार काठमाडौंमा ६५२ जना कोरोना संक्रमित थपिएका छन्। त्यसैगरी ललितपुरमा ६० जना र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ पुगेको छ । संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार ५ सय ४१ छन् भने बाँकी होम आइसोलेसनमा बसिरहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ६८ छ भने हालसम्म ४१ हजार ७०० जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

नोभेल कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...