durbar-times

भारतमा २४ घण्टाभित्र ४ लाख १ हजार ९११ जना नयाँ संक्रमित थप


भारतमा २४ घण्टाभित्र ४ लाख १ हजार ९११ जना नयाँ संक्रमित थप

भारतमा पछिल्लो २४ घण्टाभित्र ४ लाख १ हजार ९११ जना नयाँ संक्रमित थपिएका छन्। १९ लाख २० हजार जनाको पीसीआर परीक्षण  गर्दा ४ लाख १ हजार ९११ मा संक्रमण पुष्टि भएको हो ।
यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै रहेको छ ।

यस्तै २४ घण्टामा भारतमा ३५ सय २१ जनाले ज्यान गुमाएका छन्। त्यहाँ भारतमा एकै दिन अहिलेसम्मकै धेरै २ लाख ९८ हजार ९५१ संक्रमितले कोरोना जितेका छन्।

भारतको महाराष्ट्रमा मात्रै ६३ हजार र कर्नाटक राज्यमा ४८ हजारमा कोरोना देखिएको छ । भारतमा अहिलेसम्म एक करोड ९१ लाख ६३ हजार जनामा कोरोना पुष्टि भइसकेको छ ।

1

ला लिगा: बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै

2

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

3

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

4

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

5

कांग्रेस संसदीय दलको बैठक बस्दै

6

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने


Share Tweet Send