http://bit.ly/bajajdurbartimes

पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६६ हजार ५४६ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ४०५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४२६ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २ हजार ४१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४३ जना रहेको छ ।

1

साताको विज्ञानका खबरहरु | NASO weekly बुलेटिन

2

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतिलाल दुगड नियुक्त

3

मुटु हल्लिने खालको आन्दोलन गरौ, मलाई टाउको फुटाउन मन छ: प्रचण्ड (भिडियो)

4

लोक सेवाद्वारा धितोपत्र बोर्डको परिक्षाको संसोधन

5

पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित

6

साहिद कपुरको फिल्म 'जर्सी'को प्रदर्शन मिति तय


Share Tweet Send