काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् दिएको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म २० लाख ६४ हजार ८१ वटा नमुना परीक्षण भएको छ।
यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार सात सय ४५ पुगेको छ।