२० प्रतिशतले घट्यो भाइमसलाको व्यापार


२० प्रतिशतले घट्यो भाइमसलाको व्यापार

काठमाडाैं, २५ कात्तिक । यस पटकको तिहारमा भाइमसलाको व्यापार घटेको व्यपारीहरुले गुनासो गरेका छन् ।

कोरोना संक्रमणका कारण यो वर्ष तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य २० प्रतिशतले कम हुनुका साथै व्यापार व्यवसायमा पनि कमी आएको उनीहरुले गुनासो गरेका हुन् ।

विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको व्यवापारीहरु बताउँछन् । धेरै समयसम्म गोदममै सामान राख्दा पनि बिग्रिने भएकाले यो वर्ष भाइमसला सस्तोमा बिक्रि भइरहेको उनीहरुले बताएका छन् ।

होटल, रेस्टुरेण्ट, मिठाइ पसलहरुमा मसला बिक्रि हुने गरेको भए पनि कोरोनाका कारण होटल व्यवसाय नै कमजोर बनेकाले मसलाको व्यापार पनि खस्केको व्यवसायीहरु बताउँछन् ।

हिन्दु परम्पराअनुसार तिहारको पाँचौं दिनमा पर्ने भाइटीकामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेल लगायतका भाइमसला अनिवार्य हुन्छ ।

भाइमसला किन्दै हुनुहुन्छ? यस्तो छ खुद्रा मूल्य
नेपाली हिन्दु परम्पराअनुसार तिहारमा भाइटिकाको दिन दिदी–बहिनीले दाजु–भाईलाई टिका लगाएर क्षमता अनुसार भाइमसला, फलफुल, रोटी, कपडा लगायत दिने चलन छ। तिहार नजिकिएसँगै अहिले राजधानीको पुरानो तथा व्यस्त व्यापारिक थलो असनमा भाइमसला किन्न आउने ग्राहक र खुद्रा व्यपारीको कारण झनै खचाखच देखिन थालिसकेकाे छ। यो …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...