दुई दिन अघिमात्र नेप्सेमा कारोबार सुरु गरेको प्रभू लाइफको शेयर खरिद गर्न चाहानेको चाप बढेको छ ।
न्युन्तम मूल्यबाट कारोबार सुरु भएको यस कम्पनीको मुल्य बढ्ने आशमा बिक्रीकर्ता आएका छैनन् ।
कम्पनीको शेयर बेच्ने कोहि नभए पनि ११ हजार ६ सय ९६ लगानीकर्ताले २८ लाख २३ हजार कित्ता सेयर खरिदको माग गरेका छन् ।
१ सय ९ रुपैयाँ ५६ पैसादेखि ३ सय २८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज पाएको प्रभुको आइपीओ १३७ रुपैयाँमा पहिलो खरिद बिक्री भएको थिया ।
ब्रोकरहरुले चलखेल गरेर कम्पनीको शेयर न्युनतम् मूल्यबाट खुलाएको लगानीकर्ताहरुले आरोप समेत लगाएका थिए ।
आज बिक्रेता नभए पनिप्रभु लाइफ इन्स्योरेन्सको ३० कित्ता शेयर बिक्री भएको देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जको मार्केट प्लोर सिटअनुसार आज पहिलो घण्टामा उक्त कम्पनीको ३० कित्ता शेयर किने बेच भएको हो ।
आज प्रतिकित्ता १५८, १५५ र १५२ रुपैयाँमा उक्त कम्पनीको शेयर खरिद बिक्री भएको छ । ब्रोकर नम्बर ५०, ११ र २६ ले उक्त कम्पनीको शेयर बिक्री गरेका छन् । शेयर बिक्री गर्नेमा भने ब्रोकर नम्बर २६, ४९ र ४८ रहेका छन् ।
आज यस कम्पनीको शेयर मूल्य ८.९७ प्रतिशतले बढेर १५८ रुपैयाँ पुगेको छ ।
