एनआईसी एशिया बैंक लिमिटेडमाे स्वामित्वमा रहेको विभिन्न ३ वटा कम्पनीकाे संस्थापक समूहकाे लिलामी शेयर भर्ने आज (फागुन १२ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।
बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४ लाख ३६ हजार ३ सय ६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ६१ हजार २ सय कित्ता र मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ५ लाख ९८ हजार ५ सय ९८ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।
लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।