विश्वभर ३ लाख २८ हजार भन्दा धेरै नयाँ संक्रमित थप


विश्वभर ३ लाख २८ हजार भन्दा धेरै नयाँ संक्रमित थप

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ८३ लाख ७० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख २८ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि १० लाख ९० हजार ९२१ पुगेको छ । हालसम्म २ करोड ८८ लाख ५३ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख ९० हजार २५३ पुगेको छ । यहाँ हालसम्म २ लाख २० हजार ८७३  जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म ७२ लाख ३९ हजार ३८९ संक्रमित हुँदा १ लाख १० हजार ६१७ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५१ लाख १४ हजार ८२३ जना संक्रमित हुँदा १ लाख ५१ हजार ६३ जनाको मृत्यु भएको छ । रुसमा १३ लाख २६ हजार १७८ संक्रमित हुँदा २२ हजार ९६६ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ९ लाख २५ हजार ३४१ पुगेको छ भने ३३ हजार २०४ जनाको मृत्यु भएको छ ।

कोलम्बियामा ९ लाख २४ हजार ९८ संक्रमित हुँदा २८ हजार १४१ जनाको मृत्य भएको छ । अर्जेन्टिनामा ९ लाख १७ हजार ३५ संक्रमित हुँदा २४ हजार ५७२ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ५३ हजार ९७४ जना संक्रमित हुँदा ३३ हजार ४१९ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ८ लाख २५ हजार ३४० जना संक्रमित हुँदा ८४ हजार ४२० को मृत्यु भएको छ । फ्रान्समा ७ लाख ५६ हजार ४७२ संक्रमित हुँदा ३२ हजार ९४२ जनाको मृत्यु भएको छ ।

साउथ अफ्रिकामा ६ लाख ९४ हजार ५३७ जना संक्रमित हुँदा १८ हजार २८ जनाको मृत्यु भएको छ । यता, बेलायतमा हालसम्म ६ लाख ३४ हजार ९२० जना संक्रमित रहेका छन् ४३ हजार १८ जनाको मृत्यु भएको छ । इरानमा ५ लाख ८ हजार ३८९ जना संक्रमित हँदा २९ हजार ७० जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख ८४ हजार २८० जना संक्रमित हुँदा १३ हजार ३९६ को मृत्यु भएको छ ।

बंगलादेशमा हालसम्म ३ लाख ८१ हजार २७५ जना संक्रमित हुँदा ५ हजार ५७७ को मृत्यु भएको छ । इटलीमा ३ लाख ६५ हजार ४६७ जना संक्रमित हुँदा ३६ हजार २४६ जनाको मृत्यु भएको छ । साउदी अरबमा ३ लाख ४० हजार ८९ हजार संक्रमित हुँदा ५ हजार ८७ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा ३ लाख २० हजार ४६३ संक्रमित हुँदा ६ हजार ६०१ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १ लाख १५ हजार ३५८ जना संक्रमति फेला पर्दा ७८ हजार ७८० जना उपचारपछि निको भएर घर फर्किएका छन् । ६६३ जनाको भने मृत्यु भएको छ । जापानमा ८९ हजार ६७३ जना संक्रमित हुँदा १ हजार ६३४ जनाको ज्यान गएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा २० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ६११ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...