durbar-times

तीन महिनाभित्र शतप्रतिशत नेपालीले खोप लगाउन पाउँछन्ः प्रधानमन्त्री ओली


तीन महिनाभित्र शतप्रतिशत नेपालीले खोप लगाउन पाउँछन्ः प्रधानमन्त्री ओली

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ३ महिनाभित्र शतप्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाइसक्ने बताएका छन्।

ओलीले कोरोना खोप लगाउन थालिए पनि कोरोनाबाट बच्ने उपाय भने अपनाउदै जानुपर्ने बताएका छन् । उनले बुधबार भर्चुअल माध्यमबाट कोरोना भाइरसविरुद्धको खोप अभियानलाई सम्बोधन गर्दै पूर्ण रुपमा कोरोना नियन्त्रण नभएसम्म मास्क लगाउने हात धुने र सामाजिक दूरी कायम राख्ने लगायत सुरक्षा अतर्कता अपनाउन आग्रह गरेका हुन् ।

साथै प्रधानमन्त्रीले तीन महिनाभित्र सबै नेपालीमा खोप पुर्याउने आश्वासन दिएका छन्। ‘मलाई लाग्छ तीन महिनासम्ममा सबै नेपालीलाई खोप उपलब्ध गराउन सकिन्छ,’ ओलीले भने, ‘हामी भारतसँग थप खोप खरिदका लागि कुराकानी गरिरहेका छौं ।’


1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send