काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ घर भएका गुञ्जमान तामाङको घरबाट गत शनिवार करिब ३८ तोला सुनका गरगहनाहरु चाेरी गरेकाे अभियाेगमा आइतवार प्रहरीले काठमाडाैँबाट ५ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-६ बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-५ घर भएका २७ वर्षीय देवराज दाहाल, काठमाडौं महानगरपालिका-११ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ घर भएका २४ वर्षीय रामचन्द्र चालिसे, काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका २३ वर्षीय राम तामाङ, काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका १९ वर्षीय राजन तामाङ रहेका छन् ।
सुन चाेरी भएकाे घटनाकाे छानबिन गर्ने क्रममा काठमाडाैँकाे विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनीहरूकाे साथबाट केही शंकास्पद वस्तु पनि बरामद गरिएकाे प्रहरीले जानकारी गराएकाे छ ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।