नेप्सेमा काराेबार भैरहेका ४ वटा कम्पनीकाे मूल्यमा आज सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरूमा स्वराेजगार लघुवित्त विकास बैंक , मिथिला लघुवित्त वित्तीय संस्था , चन्द्रागिरी हिल्स र किसान लघुवित्त रहेका छन् ।
ग्रीनलाइफ हाइड्राेकाे मूल्य सकारात्मक सर्किटकाे लेबलमा बढेपनि अहिले घटेकाे छ ।
आज स्वराेजगार लघुवित्त र मिथिला लघुवित्तकाे मूल्य १० प्रतिशतले बढेकाे छ भने । चन्द्रागिरी हिल्सकाे मूल्य ९.९८ प्रतिशत र किसान लघुवित्तकाे मूल्य ९.९७ प्रतिशतले बढेकाे छ।
याेसँगै स्वराेजगार लघुवित्तकाे मूल्य १२८७ पुगेकाे छ । त्यस्तै मिथिला लघुवित्तकाे १७३८, चन्द्रागिरी हिल्सकाे १४२१ र किसान लघुवित्तकाे १७३१ पुगेकाे छ ।