४ लाख भारतीय रकमसहित पक्राउ


४ लाख भारतीय रकमसहित पक्राउ

कपिलवस्तु । सशस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुले कृष्णनगरमा भारतबाट अवैध रुपमा भित्र्याइएको ४ लाख भारतीय रकमसहित एक जनलाई पक्राउ  गरेको छ ।

कृष्णनगर नगरपालिका– ३ लक्ष्मीनगरबाट विशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरन्जन राज कार्कीको कमाण्डमा खटिएको टोलीले रकमसहित कृष्णनगरका ५४ वर्षीय पप्पु गुप्तालाई पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा चेकजाँच गर्दा लुकाईछिपाई ल्याउँदै गरेको अवैध ४ लाख भारतीय रकम गुप्ताको साथबाट बरामद भएको सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...