काठमाडौं, १९ पुस । २४ घण्टामा ४१९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।
मन्त्रालयको प्रवक्ता ड. जागेश्वर गौतमले आइतबार मन्त्रालयको पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यो अवधिमा ७५० जना संक्रमितहरु निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।
हालसम्म संक्रमित हुनेको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ७११ रहेको छ ।
नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५३ हजार ८५७ रहेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८७० पुगेको छ ।