Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

५० हजारभन्दा बढी शंकास्पद आवेदन, कहिले हाेला बाँडफाँड


५० हजारभन्दा बढी शंकास्पद आवेदन, कहिले हाेला बाँडफाँड

अहिलेसम्ममकै ठूलो परिमाणमा निष्काशन गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ शनिबारसम्म बाँडफाँट हुने भएको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्बेवारी पाएको एनआइबीएल एस क्यापिटलले निफ्राको आईपीओ यहिसाताभित्र बाँडफाँट गर्ने जनाएको हो ।

आगामी शुक्रबार नै बाँडफाँट गर्ने गरी आवश्यक तयारी भइरहेको र त्यसदिन नभ्याए शनिबार बाँडफाँट गर्ने क्यापिटलले जनाएको छ ।

केही आवेदनहरू शंकास्पद देखिएकाे र त्यसकाे छानबिन भैरहेकाे क्यापिटलले जनाएकाे छ। करिब ५० हजार आवेदनहरू शंकास्पद देखिएका छन् । बढीजसाे एकै व्यक्तिका एकभन्दा बढी आवेदन देखिएकाे छ।

इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर मध्ये १ लाख ६० हजार कित्ता सेयर निष्कासन गरेको थियो । त्यसमध्ये कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि राखेर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

सो आईपीओका लागि १५ लाख २९ हजार ४६० जना आवेदकले  १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको आवेदन दिएका छन् । यो कम्पनीले मागेको आईपीओ भन्दा २.३९ गुणा धेरै हो ।

अहिले कति आवेदन रितपूर्वक परेको छ भन्ने गणना भइरहेकोले औषतमा औसतमा एकजनालाई ५० कित्ता सेयर पर्ने देखिएको छ ।

1

‘कबड्डी’को फाइनल म्याच अर्को वर्ष हुने

2

नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

3

पुरानै अवस्थाः मेराेशेयर बाध्यात्मक समस्या

4

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

5

महिला लघुवित्तको आईपीओ हेर्न मिल्ने ३ वटै सर्भरमा समस्या,समस्या हुनुको कारण यस्तो

6

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र दिइसक्ने योजना


Share Tweet Send