५८ प्रतिशत महिला अनलाइन उत्पीडनकाे शिकार


५८ प्रतिशत महिला अनलाइन उत्पीडनकाे शिकार

दुनियाँमा साइबर क्राइम बढ्दै गैरहेकाे छ । अनलाइन ठगी तथा ब्ल्याकमेलका घटनाहरू प्रत्येकदिन हामीमाझ आइरहन्छन् । नेपालजस्ताे मुलुकमा महिला हिंसा तथा ब्ल्याकमेलका घटनाहरूलाई महिलाकाे इज्जतसँग जाेडेर हेर्ने गरेका कारण प्रत्येक महिनाजसाे महिलाहरूले आफ्नाे ज्यान गुमाइरहेका हुन्छन् ।

हालसालै गरिएकाे एक अनुसन्धानका अनुसार भारत , जापान सहित विश्वका २२ देशका ५८ प्रतिशत महिलाहरू अनलाइनमा ब्ल्याकमेलकाे शिकार भैरहेका छन् । नेपाल पनि यी मुलुक सरह महिला उत्पीडन भाेग्ने देशकाे सूचीमा पर्दछ । नेपालमा पनि हरेक दिनजसाे प्रहरीमा उजुरी गर्ने तथा गुम्सिएर घटनालाई लुकाइराख्नेजस्ता कार्यहरू भैरहेकै हुन्छन्  । समाजमा आफूमाथी भएका दुर्व्यवहारका कारणले आफैँलाई दाेष दिने जमात पनि छ । जसले गर्दा आफूमाथी भएकाे जुनसुकै कुकृत्य पनि लुकाएर राख्न बाध्य भएकाे उदाहरणहरू प्रशस्त पाइन्छ ।

याे लेख अनलाइन उत्पीडनसँग सम्बन्धित भएकाले यहाँ अनलाइनमा हुने महिला उत्पीडनका कार्यहरूलाई कसरी निरूत्साहित गर्न सकिन्छ र यसबाट कसरी बच्न सकिन्छ भनेर केहि उपायहरू लिएर आएका छाैँ ।

  • साेसल मिडियाकाे प्राइभेसी सेटिङ्सकाे माध्यमबाट नै हामी एक प्रकारकाे दुर्व्यवहारबाट बच्न सक्छाैँ । साेसल मिडियाकाे सेटिङ्समा हुने अपडेटहरूलाई नियाल्न सकेमा हाम्राे प्राेफाइलमा कसलाईमहत्व दिने कसलाई कमेन्ट गर्न दिने तथा कसलाई म्यासेजकाे अनुमति दिने भन्ने कुराहरू मिलाउन सकिन्छ ।
  • अहिलेकाे साेसल मिडियामा सबैभन्दा चर्चित तर निगरानी नभएकाे माध्यम भनेकाे युट्युब हाे । जहाँ शिक्षाकाे नाममा अश्लिल कुराहरू राखेर एकखाले जमातलाई उक्साउने कार्य भैरहेकाे छ । यसबाट छुटकारा पाउनका लागि भने हामीले ए आइ काे सहारा लिनुपर्ने हुन्छ । ए आइ अर्थात आर्टिफिसियल इन्टेलिजेन्ट । जसले लेखेकाे भाषा पढ्न सक्छ र हामीले सजिलै कम्प्लेन गर्न सक्छाैँ ।
  • हाम्राेजस्ताे मुलुकमा महिला उत्पीडन भएपनि सबैभन्दा ठूलाे समस्या भनेकाे उजुरी नगर्ने नै हाे । आफ्नाे जिन्दगी र समाजका कारणले महिलाहरू उजुरी गर्न डराउने गरेकाे पाइन्छ । त्यसैले अपराध गर्नेहरूलाई सजिले बच्न सकिन्छ भन्ने भावना जागृत गर्न मद्दत पुग्ने गरेकाे पाइन्छ । त्यसकारण समयमा नै आफूमाथी भैरहेकाे उत्पीडनकाे बारेमा प्रहरीसमक्ष उजुरी गरेमा अपराध गर्ने व्यक्तिले सजाय पाउने र त्यस्ताे मानसिकता त्याग गर्ने सम्भावना रहन्छ ।
  • साेसल मिडियामा कसैले अपमानजनक व्यवहार देखाउँदै छ र तपाइँलाइ ब्ल्याकमेल गर्न खाेज्दै छ भने प्रहरीकाे साइबर क्राइम व्युराेलाई तुरून्त खबर गर्नुहाेला । याे व्युराेले साइबर क्राइमसँग सम्बन्धित अपराधका घटनाहरू अनुसन्धान गर्ने गर्छ ।

अनलाइन उत्पीडनबाट हुने तनावबाट बच्नका लागि तपाइँले निम्न उपायहरू अवलम्बन गर्न सक्नुहुन्छ

  • आपत्तिजनक शब्द प्रयाेग गर्नेहरूलाई इग्नाेर गर्नुहाेस्।
  • कुनैपनि कमेन्टमा तत्काल रियाक्ट  नदेखाउनुहाेस् ।
  • लगातार परेशानी दिलाउनेहरूलाई रिपाेर्ट गर्नुहाेस । ब्लक गर्नुहाेस् ।
  • फेक अकाउन्टहरूलाइ रिपाेर्ट गर्नुहाेस । यस्ता अकाउन्टहरू सस्पेन्ड हुन्छन् ।
  • तपाइँकाे साेसल मिडियाकाे प्राइभेसी सेटिङ्सलाई कडारूपमा मिलाउनुहाेस् ।

महिलाहरू जानकार भन्दा अन्जान मानिसहरूबाट अनलाइनमा उत्पीडनकाे शिकार भैरहेकाे अध्ययनले देखाएकाे छ । एशियाका ५८ प्रतिशत महिलाहरू अनलाइनमा उत्पीडनकाे शिकार भएकाे पनि अध्ययनले देखाएकाे छ । अनलाइनमा अपमानजनक शब्द सहेर बस्ने तथा याैन हिंसाकाे धम्कीलाई पनि सहेर बस्ने गरेकाे पाइएकाे छ ।

धेरैजसाे महिलालाई प्रिजेन्ट पार्टनर तथा पूर्व पार्टनरले धम्की तथा गाली दिने गरेकाे पनि पाइएकाे छ । जबरजस्ती गर्ने तथा भनेकाे नमान्दा गाली गर्ने , धम्की दिने गरेकाे पाइएकाे छ ।

अध्ययन अनुसार २१ प्रतिशत महिला आफ्नै साथीहरूबाट उत्पीडनकाे शिकार भैरहेका छन् । त्यस्तै २३ प्रतिशत महिला आफ्नाे कलेज तथा अफिसमा उत्पीडनकाे शिकार भैरहेका छन् । उत्पीडन गर्नेहरूमा ३६ प्रतिशत अन्जान व्यक्तिहरू रहेका छन् । यीमध्ये ४७ प्रतिशत महिलालाई अनलाइनमा याैन हिंसाकाे धम्की आउने गर्दछ ।

अनुसन्धानमा याे पनि देखिएकाे छ कि उत्पीडनकाे शिकार हुने महिलाहरूले ३२ प्रतिशत फेक अकाउन्टबाट उत्पीडन भाेगिरहेका छन् । यसैकाे कारण अनुसन्धान गरिएका २२ देशका महिलाहरूमा प्रत्येक ५ मा एकजना साेसल मिडियाबाट टाढिन थालेका छन् भने प्रति १० मा १ जनाले साेसल मिडियामा आफ्नाे विचार राख्न बन्द गरेका छन् ।

निष्कर्षमा भन्नुपर्दा महिला हिंसा  जघन्य अपराध हाे । तपाइँ हाम्राे एक सेकेण्डकाे आवेगले उनीहरूकाे जीवन नै समाप्त हुनसक्छ । त्यसैले प्रत्येक शब्द बाेल्नुभन्दा अघि साेचेर बाेलाैँ । नराम्राे ब्यवहार नदेखाऔँ। महिलाहरूले पनि आफूमाथी भएकाे उत्पीडन सहेर नबसाैँ । तुरून्त उजुरी गराैँ । गलत कार्य गर्नलाइ निरूत्साहित गराैँ । अपराध गरेर सजिलै उम्किने मनसाय विकसित हुन नदिए पनि केही हदसम्म अपराध निरूत्साहित गर्न सकिन्छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...