durbar-times

निषेधाज्ञाको तयारी भएपछि ६५ अंकले घट्यो नेप्से, बजार खुल्ला हुने कि बन्द ?


निषेधाज्ञाको तयारी भएपछि ६५ अंकले घट्यो नेप्से, बजार खुल्ला हुने कि बन्द ?

शेयर बजार सोमबार फेरि ६५ अंकले घटेर  २५०६ अंकमा कायम भएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी भएपछि सोमबार बजार थप ओरालो लागेको हो। यद्यपि निषेधाज्ञाका बाबजुत पनि बजार भने बन्द हुने छैन ।

यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ७ अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ६ अर्ब ५९ करोडको कारोबार भएको छ। सबै समूहहरु ओरालो  लागेका छन्।

यस दिन दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। विशाल बजार कम्पनी र महिला लघुवित्तको मूल्य १० प्रतिशतले बढेको हो। आजको कारोबारपछि विशालबजारको मूल्य प्रतिकित्ता ३८३२ रुपैयाँ कायम भएको छ भने महिला लघुवित्तको मूल्य २३४९ रुपैयाँ पुगेको छ।

गुमाउनेमा रिलायन्स फाइनान्स, छ्याङ्दी हाइड्रोपावर र सिन्धु विकास बैंकका लगानीकर्ता अगाडि रहे।  रिलायन्सको मूल्य ८ प्रतिशतले घटेको छ भने छ्याङ्दी र सिन्धु विकासको मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ।

यस दिन माथिल्लो तामाकोसीको सर्वाधिक कारोवारभएको छ । त्यस्तै नेपाल इन्फास्ट्रक्चर बैंकको २५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य २.७ प्रतिशतले घटेर ५२६ रुपैयाँ कायम भएको छ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send