http://bit.ly/bajajdurbartimes
7D7P

प्रदेश २ विशेष खबर २०७७-०६-१९ (७ दिन ७ प्रदेश) | साेमबार


सत्य र निष्पक्ष खबरकाे स्तरीय प्रशारण दरबार टाइम्स सात दिन सात प्रदेश अन्तर्गत आज साेमबार प्रदेश नम्बर २ काे मुख्य खबरहरूमध्ये विशेष खबरहरूलाई  प्रस्तुत गरेका छाैँ  ।

अवैध घरेलु मदिरा बरामद

२०७७ असोज १८ गते ईलाका प्रहरी कार्यालय जितपुर खटिइएको प्रहरी टोलीले  बारा जितपुर सिमरा उ.म.न.पा.-७ स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट वीरगंजतर्फ आउदै गरेको ना ६ ख ५४०४ नम्बरको बोलेरो पिकअप शंका लागि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको १०००।- लिटर अवैध घरेलु मदिरा बरामद गरेकाे छ ।

आलम प्रकरण : इँटा भट्टाका हेडमिस्त्री पक्राउ

नेपाली कांग्रेसका नेता अफ्ताब आलमले डेढ दर्जनलाई जिउँदै जलाएको भनिएको इँटा भट्टाका हेडमित्री पक्राउ परेका छन् ।बाराको सिम्रौनगढ नगरपालिका-४ का ५५ बर्षीय बद्री सहनीलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले भारतको मुजफ्रपुरबाट पक्राउ गरेको हो ।भारतीय स्पेशल टास्क फोर्सको सहयोगमा उनलाई शुक्रबार साँझ पक्राउ गरेर नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

नागरिकताका लागि टाेकन वितरण

नागरिकता बनाउनेको चाप थेग्नै नसकिने भएपछि टोकन वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय मलंगवाका साथै हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा नागरिकता बनाउन आउनेहरुको चाप बढेपछि टोकन वितरण गरिएको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत राम प्रमोद यादवले नयाँ नागरिकताका बनाउनेहरुकाे लागि असोज ३० सम्मका लागि टोकन वितरण गरिएको बताए। यस्तै, प्रतिलिपिका लागि असोज २३ सम्म टोकन वितरण गरिएको छ।

विधेयक फिर्ता

प्रदेश नं २ का प्रदेशप्रमुख तिलक परियारले ‘प्रदेश सञ्चार विधेयक’ फिर्ता पठाएका छन् ।प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको सो विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द संयोजन नमिलेको कारणले फिर्ता पठाइएको प्रदेश प्रमुखका स्वकीय सचिव पद्म विश्वकर्माले जानकारी गराएका छन् ।विधेयकको विभिन्न दफा उपदफामा देखिएका त्रुटिलाई सच्याउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाइएको र विधेयक सच्याएर आएपछि प्रमाणीकरण हुने उनले बताए ।

1

पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना संक्रमण पुष्टि

2

अक्षय कुमारको ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय

3

काराेबार रकमले रेकर्ड राख्दा नेप्सेमा छायाे बहार

4

संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

5

तथ्याङ्क विभागले माग्याे ३७ हजार कर्मचारी (फारम भर्ने लिङ्कसहित)

6

चुनावले झन् ठूलो दुर्घटना ल्याउनेछ : बाबुराम


Share Tweet Send