गण्डकी प्रदेश विशेष खबर २०७७-०६-१४ (७ दिन ७ प्रदेश) | बुधबार


गण्डकी प्रदेश विशेष खबर २०७७-०६-१४ (७ दिन ७ प्रदेश) | बुधबार

सत्य र निष्पक्ष खबरकाे स्तरीय प्रशारण दरबार टाइम्स सात दिन सात प्रदेश अन्तर्गत आज बुधबार गण्डकी प्रदेशकाे विगत एक हप्तामा भएका खबरहरूमध्ये विशेष खबरलाई प्रस्तुत गरेका छाैँ ।

बागलुङमा १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालयलय बागलुङले पछिल्लो तीन दिनमा बरामद गरेको १० हजार अवैध घरेलु मदिरा नष्ट गरेको छ ।प्रहरीले सोमबार चार हजार र मङ्गलबार छ हजार ५०० गरी हालसम्म १० हजार ५०० अवैध घरेलु मदिरा तथा मदिराको कच्चा पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय र यसअन्तर्गतका प्रहरी चौकी तथा युनिटहरुले बरामद गरेको उक्त मदिरा पत्रकार तथा सरकोकारवाला निकायको रोहवरमा नष्ट गरिएको हो ।

तीन महिनादेखि अवरुद्ध बेनी-बागलुङ सडकखण्ड सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध बेनी-बागलुङ र एक सातादेखि अवरुद्ध बेनी-बागलुङ सडक सोमबार साँझदेखि सञ्चालनमा आएको छ। गत असारदेखि सडक खण्डको विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको बेनी–बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ।

म्याद गुज्रेका सामान बेच्‍दै म्याग्दीका व्यापारी

म्याग्दीका अधिकांश क्षेत्रमा म्याद गुज्रेका र अखाद्य वस्तुको बिक्रीवितरण भइरहेको प्रतिष्पर्धी व्यापारीहरू  बताउँछन्‌। उपभोक्ताको स्वास्थ्यमा दिनहुँ खेलवाड हुँदा पनि यसलाई रोक्नेतर्फ सरकार र सम्बन्धित निकायले ठोस पहल गरेका छैनन्‌।​सदरमुकाम बेनीबजारमा समेत नियमित रुपमा बजार अनुगमन हुन सकेको छैन। करिब एक वर्षअघि प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी सरुवा भएर गएपछि बेनी बजारमा बजार अनुगमन हुन नसकेको स्थानीय उपभोक्ताहरू बताउँछन्‌।

मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परेर गण्डकी प्रदेशमा १२६ जनाको मृत्यु

यो वर्ष मनसुन सुरु भएयता बाढी, पहिरो र चट्याङले गण्डकी प्रदेशलाई नराम्ररी प्रभावित बनाएको छ।नेपालमा गत जेठ २७ गतेदेखि मनसुन सुरु भएको थियो। त्यसयता असोज ९ गतेसम्म बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपदमा परेर यो प्रदेशमा १२६ जनाले ज्यान गुमाएका छन् भने २३ बेपत्ता छन्। विपदमा परेर ८९ जना घाइते भएका छन्।गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्राकृतिक विपदमा परेर मृत्यु हुनेमध्ये पुरुष ४४, महिला ४०, बालिका २३ र बालक १९ रहेका छन्।

लमजुङका अलैंची किसानलाई कम्प्युटर र प्रिन्टर

ग्रामिण विकास युवा स्वरोजगार केन्द्रले लमजुङका अलैंची कृषकहरूलाई प्रिन्टर सहितको कम्प्युटर सेट वितरण गरेको छ। अलैंची व्यवसायी महासंघ लमजुङ, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना र अलैंची जोन लमजुङको समन्वयमा दुईवटा कृषक समूहलाई दुई सेट कम्प्युटर उपलब्ध गराइएको हो।  अलैंची उत्पादनदेखि विक्री वितरणसम्मको हिसाबकिताब राख्न मिल्ने गरी कृषक समूहलाई प्रिन्टर सहितको कम्प्युटर सेट उपलब्ध गराइएको अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...