इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यानचेस्टर युनाईटेड बर्नली लाई १-० ले पराजित गर्दै ८ वर्षपछि तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
बर्नलीको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडका पाउल पोग्बाले दोस्रो हाफको ७१ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई जित दिलाएका हुन् । जितसंगै १७ खेलमा ३६ अंक सहित म्यानचेस्टर युनाईटेड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साबिक बिजेता लिभरपुल समान खेल खेल्दै युनाईटेड भन्दा तीन अंक कम सहित तालिकाको दोस्रो स्थानमा छ । १६ खेलमा १६ अंक सहित बर्नली तालिकामा पुछारबाट पाचौं स्थानमा छ ।