durbar-times

८१६७ संक्रमित थपिए, ५४५५ जना कोरोनामुक्त


८१६७ संक्रमित थपिए, ५४५५ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा देशभर  ८१६७ जना नयाँ संक्रमित थपिएका छन्।  स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १७ हजार ९७१ पिसिआर परीक्षण गरिएको छ । ५७७ एन्टिजेन परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ४ लाख ४७ हजार ७०४ जना पुगेको छ।

२४ घण्टामा ५४५५ जना कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ।

अहिले देशभर सक्रिय  संक्रमितको संख्या १ लाख ९ हजार ७०४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १८७ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ४८५६ पुगेको छ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send