काठमाडौं : पछिल्लो २४ घण्टामा ८२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ।
यस्तै सोमबार ८४२ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या भने १० हजार ९५५ रहेको छ।
सोमबार कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय १६ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै अहिले ४७१ जना क्वारेन्टिन र १० हजार ९५५ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।