नेहा कक्कडपछि अब आदित्य नारायण, यहि वर्ष विवाह गर्दै


नेहा कक्कडपछि अब आदित्य नारायण, यहि वर्ष विवाह गर्दै

वलिउडमा याे वर्ष विवाहकाे उत्सव छाउँदै छ । हालै वलिउड अभिनेत्री काजल अग्रवालले विवाहकाे घाेषणा गरकी थिइन्। लगत्तै गायिका नेहा कक्कडले पनि आफ्नाे विवाहकाे घाेषणा गरिन्। यी दुवै घाेषणाले वलिउडमा एक प्रकारकाे हलचल नै मच्चाइदियाे । नेहाकाे विवाह २३ अक्टाेबरमा हुँदैछ भने काजलकाे विवाह ३० अक्टाेबरमा हुँदैछ।

दुइ कलाकारले आफ्नाे आफ्नाे विवाहकाे घाेषणा गरेपछि याे रेसमा अब अर्का नायक तथा गायक आदित्यनारायण पनि सामेल भएका छन् । नेपाली गायक उदित नारायण झाका छाेरा आदित्य नारायणले पनि आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्ने घाेषणा गरेका छन् । सन् २०१० मा श्रापित फिल्ममा सँगै काम गरेकी नायिका श्वेता अग्रवालसँग त्यतिबेलादेखि नै रिलेसनमा रहेकाे र याे वर्षकाे अन्तिममा विवाह गर्ने याेजना बनाएकाे आदित्य नारायणले खुलाशा गरेका हुन् ।

केही समय अघि श्वेतासँग ब्रेक अप भएकाे र गायिका नेहा कक्कडसँग सम्बन्ध गाँसिएकाे हल्ला चलेपनि त्याे केवल हल्लामात्र भएकाे पनि उनले बताएका छन् ।  इण्डियन आइडलकाे सेटमा नेहासँग गरिएकाे विवाहकाे नाटक त झन् केवल टि आर पिका लागि मात्र गरिएकाेसमेत उनले बताएका छन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...