धनगढी | नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य गगन थापाले पंचायतकालमा मुर्ति बेचेर खाने मण्डलेले धर्म बचाउन सक्छन भनेर बिश्वास नगर्न आग्रह गरे र आफैलाई बचाउन नसकेका राजाले कसरी जनतालाई बचाउन नसक्ने तर्क पनि राखे ।
सोमबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भएको बिरोध सभामा सम्बोधन गर्दै हिन्दुराष्ट्र र राजसंस्थाका पक्षेमा पछिल्लो समय देशभर भईरहेको प्रर्दशनलाई लक्षित गर्दै थापाले युवाहरुलाई भने-‘राजाका पक्षेमा सडकमा निस्कनु युवाको अधिकार हो तर पंचायतकालमा मुर्ति बेचेर खाने मण्डलेले धर्म बचाउन सक्छन भनेर बिश्वास नगर्नुहोस ।’
यो पनि : महारानी शीतल निवासबाट आँखा नझिम्क्याइ बक्सियोस्, चुनाब लडन तयार होइबक्स्योस्: थापा
उनको भने, "आफैलाई बचाउन नसकेका राजाले कसरी जनतालाई बचाउन सक्छन्?"
उनले अहिले दलहरुले गरिरहेका गल्तीको खबरदारी गरि सच्चाउन लगाउनु पर्ने तर राजा आउ भनेर पछि नलाग्ने युवाहरुलाई आग्रह गरे ।
‘राजा आऊ, देश बचाऊ’ भन्नेहरुलाई उनले भने, २०५९ सालमा राजाकै कारण आन्दोलनामा लाग्नुपरेको पनि बताए।
यो पनि : कमजोर छ भनेर नजिस्क्याइयोस्, कांग्रेस सुतेको बाघ हो: प्रवक्ता शर्मा