इतिहासकै सबैभन्दा ठूलाे नेपाल इन्फ्रान्सटक्चर बैंककाे आइपीओमा आवेदन दिएका धेरैजनाकाे आवेदन रद्द भयाे । आवेदन दिनेहरूले केही पत्ता लगाउन सकेनन् कि आफ्नाे आवेदन किन रद्द गरियाे ? के कारणले रद्द भयाे ?
यस्तै असामञ्जस्यता निराकरण गर्नका लागि हामीले याे लेखमार्फत केही जानकारी दिने प्रयास गरेका छाैँ । आखिर किन हुन्छ त आइपीओ आवेदन रद्द ?
नेपालमा धेरै पहिलेदेखिनै शेयर बजारकाे काराेबार हुँदै आएकाे पाइन्छ । प्राथमिक शेयर बजारमा लगानीकर्ताहरूले शेयर भर्ने चलन निकै समय अघिदेखि नै सुरू भएकाे थियाे । त्यतिबेला प्राथमिक बजारमा शेयर आवेदन गर्न नागरिकता र फाेटाे लिएर बैंक तथा ब्राेकर अफिस गए पुग्थ्याे । एकैजनाले जतिजनाकाे पनि अकाउन्ट खाेल्न पाइन्थ्याे । तर अहिले त्यस्ताे छैन ।एकजनाकाे दुइवटामात्र अकाउन्ट खाेल्न पाइन्छ ।
आइपीओ रद्द हुने कारणहरू
- नेपालमा एजनाकाे दुइवटा डिम्याट अकाउन्ट मात्र खाेल्न पाइन्छ भने एकवटा अकाउन्टबाट मात्र आवेदन दिन मिल्छ । यदि तपाइँले दुवै अकाउन्टबाट आवेदन गर्नुभयाे भने आवेदन रद्द हुन्छ ।
- मेराे शेयरबाट आवेदन दिएकाे अवस्थामा यदि तपाइँकाे बैंक अकाउन्टमा पर्याप्त रकम छैनभने तपाइँकाे आवेदन रद्द हुन्छ।
- तपाइँ यदि कम्पनीकाे कर्मचारी हुनुहुन्छभने तपाइँकाे लागि स्वतः शेयर छुट्याइएकाे हुन्छ । त्यस्ताे अवस्थामा तपाइँले सर्वसाधारणकाे तर्फबाट आवेदन दिनुभयाे भने तपाइँकाे आवेदन रद्द हुन्छ ।
- बैंकमा गएर लाइन बसेर शेयर भरेकाे अवस्थामा तपाइँले केही गल्ति गर्नुभएकाे छ भने त्यस्ताे अवस्थामा पनि आवेदन रद्द हुनसक्ने भएकाले मेराेशेयरबाट आवेदन दिने गराैँ ।
- बैंकमा गएर लाइन बसेर शेयर भरेकाे अवस्थामा तपाइँले केही गल्ति गर्नुभएकाे छ भने त्यस्ताे अवस्थामा पनि आवेदन रद्द हुनसक्ने भएकाले मेराेशेयरबाट आवेदन दिने गराैँ ।
- कतिपय अवस्थामा आवेदकहरूकाे लापरबाहीका कारण अरूले दुरूपयाेग गर्न सक्छन्। त्यसैले आफ्नाे कुनैपनि विवरण काेही कसैलाइ शेयर नगराैँ ।
- काेही कसैले तपाइँकाे नागरिकता र फाेटाे प्रयाेग गरेर डिम्याट अकाउन्ट खाेलिसकेकाे छ भने तपाइँले जति आवेदन दिएपनि आवेदन रद्द हुन्छ।