durbar-times

नेपाल र नेदरल्याण्ड्स भिड्दै, खेल बन्द रंगशालामा खेलाइने


नेपाल र नेदरल्याण्ड्स भिड्दै, खेल बन्द रंगशालामा खेलाइने

त्रिकोणात्मक अन्तराष्ट्रिय सिरिजमा आज घरेलु टोली नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् ।

खेल दिउँसोको सवा एक बजेबाट किर्तीपुरस्थित त्रिवी मैदानमा हुनेछ । प्रतियोगितामा यी दुइको यो दोस्रो भेट हो । प्रतियोगिताको पहिलो भेटमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो ।

बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा उत्कृष्ट प्रदशर्न गरेको नेपाल जारी सिरिजको एक मात्र अपराजित टिम हो । अघिल्ला खेलमा नेपालले शसक्त बलिङका साथै ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो ।

नेदरल्याण्ड्सलाई पहिलो खेलमा हराउँदा नेपाल युवा ओपनरद्धय कुशल भुर्तेल र आसिफ सेखले एक सय १६ रनको बलियो साझेदारी गरि टिमलाई जिताएका थिए । आजबाट प्रतियोगिता बन्द रंगशालामा खेलाइनेछ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले कोभिड १९ बढ्दो जोखिमलाई ध्यानमा राखी भिडभाड नगर्न निर्देशन दिएको छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send