durbar-times

आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै


आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल अपराह्न सवा १ बजेबाट सुरु हुनेछ ।

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सहज जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटको पराजित गरेको थियो । नेपाल सिरिजको फाइनलमा पुगिसकेको छ भने मलेसिया लिगबाट बाहिरी सकेको छ ।

तर, अन्तिम खेलमा नेपाललाई हराएर मलेसिया सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । सिरिजको फाइनल खेलमा नेपालले पर्सी नेदरल्यान्ड्ससँग खेल्नेछ । सिरिजको ३ खेलमा मलेसियाले जम्मा १ अङ्क जोडेको छ ।

नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ भने नेपाल ३ खेलमा ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send