साैगात र रविन्द्रलाई लिएर फेरी पर्दामा उदाउँदै आकाश


साैगात र रविन्द्रलाई लिएर फेरी पर्दामा उदाउँदै आकाश

लामाे समयकाे विश्रामपछि निर्देशक आकाश अधिकारी नयाँ चलचित्र लिएर मैदान फर्किने भएका छन्। द स्काइ मुभिज प्राइभेट लिमिटेडकाे ब्यानरमा निर्माण हुने चलचित्रमा शिव श्रेष्ठ, साैगात मल्ल , रविन्द्र झासँगै निर्देशक आकाश अधिकारी पनि  लामाे समयपछि पर्दामा देखिने भएका छन् ।

अधिकारीकाे कथा र उनकै निर्देशन रहने चलचित्रमा राजनराज शिवाकाेटीकाे संगीत रहने छ भने ओ एस आर डिजिटलकाे सहकार्यसमेत रहनेछ।

आज राजधानीस्थित स्काइ मुभिजकाे कार्यालयमा सम्झाैता गरी नयाँ चलचित्रकाे घाेषणा गरेकाे निर्देशक अधिकारीले जानकारी दिए ।

तिहारपछि चलचित्रकाे छायांकन सुरू गरिने पनि निर्देशक अधिकारीले बताए । चलचित्रकाे नाम भने अहिले गाेप्य राखिएकाे छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...