durbar-times

प्रचण्ड-नेपाल पक्षले भोलि आमहड्ताल गर्ने


प्रचण्ड-नेपाल पक्षले भोलि आमहड्ताल गर्ने

काठमाडौँ । संवैधानिक परिषद्को नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेसँगै नेकपा प्रचण्ड-माधव समूहले आम हडताल गर्ने तयारी  गरेको छ । प्रचण्ड-माधव समूहले बिहीबार संवैधानिक निकायहरूमा जबरजस्ती नियुक्तिलाई लिएर आम हडताल गर्ने तयारी गरेको हो ।

(नेकपा) प्रचण्ड-नेपाल पक्षले बिहीवार (भोलि) आमहड्ताल गर्ने भएको छ ।

बुधवार (आज) दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलन गरी त्यसको बारेमा जानकारी दिन लागेको स्रोतले जनाएको छ ।

संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको तेस्रो चरणको आन्दोलन जारी छ । माघ १३ गतेबाट शुरु भएको आन्दोलन माघ २८ गतेबाट सकिँदैछ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ती गरेको भन्दै आन्दोलनका कार्यक्रमलाई परिमार्जन गरि भोलि देशभर आमहड्ताल गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send