Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

आर्थिक अभावका कारण रहेनन् राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन


आर्थिक अभावका कारण रहेनन्  राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन

महोत्तरी – राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंहकाे आइतबार निधन भएकाे छ । दुवै मिर्गौला खराब भएर लामाे समयदेखि उपचाररत सिंहकाे २४ वर्षकाे उमेरमा निधन भएकाे हाे ।

महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनले आर्थिक अभावका कारण मिर्गाैला फेर्न सकेका थिएनन् ।

कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट सङ्घ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेकाे अगुवाइमा जनकपुरमा ’कुन्दन बचाऊ अभियान’ समेत चलाएर झण्डै सात लाख रुपैयाँ सङ्कलन गरी उनकाे उपचारमा सहयोग गरिँदै आएकाे थियाे ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि कुन्दनकाे निधनप्रति दुःख व्यक्त गरेकाे छ ।

1

महिला लघुवित्तको आईपीओ हेर्न मिल्ने ३ वटै सर्भरमा समस्या,समस्या हुनुको कारण यस्तो

2

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र दिइसक्ने योजना

3

पर्यटकको आकर्षण बन्दै छहरा झरना

4

संसद पुनर्स्थापनापछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै,संसद आह्वानको सिफारिस गर्ने सम्भावना

5

पार्टीको आधिकारिक धारणा नेताहरुबाट बुझौँ, मिडियाबाट होइन: नारायणकाजी श्रेष्ठ

6

इरान समर्थित लडाकुको अखडामा अमेरिकाको हवाई आक्रमण


Share Tweet Send