आयुर्वेदिक औषधिको सेवनबाट १९८ जना कोरोना सङ्क्रमित निको


आयुर्वेदिक औषधिको सेवनबाट १९८ जना कोरोना सङ्क्रमित निको

रत्ननगर । आयुर्वेदिक औषधिको सेवनबाट रत्ननगरका १९८ जना कोरोना सङ्क्रमित निको भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर चितवनले होम आइसोलेसन र पब्लिक आइसोलेसनमा रहेका १९८ जना सङ्क्रमितलाई व्यायाम, प्रणायम तथा आयुर्वेदिक औषधि सेवन गरेरै कोरोनामुक्त भएको जनाएको छ ।

कोरोनाको उपचारमा आयुर्वेदको उपचार पद्धतिको बारेमा पत्रकारहरुलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा केन्द्रकी प्रमुख डा. कोपिला अधिकारीले लक्षण भएका सङ्क्रमितहरुलाई पनि आयुर्वेदिक औषधिले निको भएको बताइन् ।

उनले आयुर्वेदिक औषधि प्रयोग गर्ने सङ्क्रमितको रिपोर्ट ७ देखि १२ दिनभित्रमा नेगेटिभ आएको बताइन् । कोरोना सङ्क्रमितका लागि गुडची चूर्ण, एष्टमधु चूर्ण, जेष्ठबासादी चूर्ण र त्रिकटु चूर्ण दिने गरिएको डा. अधिकारीले बताइन् ।

कोरोना सङ्क्रमितसँग सम्पर्कमा रहेका ४६७ जनालाई रोग प्रतिरोधात्मक औषधि खुवाएर कोरोना सङ्क्रमण हुनबाट जोगाएको उनले बताइन् । जोखिम समूहअन्तर्गत पर्नेहरुलाई अश्वगन्धा चूर्णले कोरोना सङ्क्रमण हुनबाट जोगाउने उनको भनाइ छ ।

महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणको लागि सो केन्द्रले पब्लिक आइसोलेसनमा रहेकाहरुलाई योग, व्यायाम, प्रणायम गराई रोग प्रतिरोधात्मक औषधि वितरण गर्दै आएको छ । कोरोनाको जोखिम सुरू भएयता सो केन्द्रले २ हजार ५४४ जनालाई सेवा प्रदान गरेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...