durbar-times

संवैधानिक आयोगका पदाधिकारीले लिए सपथ


संवैधानिक आयोगका पदाधिकारीले लिए सपथ

काठमाण्डौं | संवैधानिक परिषद्को सिफारिशबमोजिम संवैधानिक आयोगहरूमा प्रमुख तथा पदाधिकारी नियुक्त गरिएको छ ।

परिषद्ले गत मंसिर ३० गते गरेको सिफारिशबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक आयोगहरूमा प्रमुख तथा पदाधिकारी नियुक्त गरेकी हुन् ।

नवनियुक्त पदाधिकारीहरूलाई बुधवार राष्ट्रपति कार्यालय शीतलनिवासमा विशेष समारोहका बीच शपथ ग्रहण समेत गराइएको छ ।

राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगका प्रमुख आयुक्त तथा अध्यक्षहरूलाई शपथ ग्रहण गराएका हुन् । त्यसलगत्तै नवनियुक्त प्रमुख तथा अध्यक्षले आ-आफ्ना निकायका अन्य पदाधिकारीलाई शपथ ग्रहण गराएका छन् ।

परिषद्ले गरेको सिफारिशको पत्र गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएकै दिन संसद् सचिवालयमा पुगेको थियो । पत्र संसद् सचिवालयमा पुगेको ४५ दिनपछि संसदीय सुनुवाइविनै शपथ गराइएको हो ।

परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी  नियुक्तिका लागि सिफारिश गरेको थियो ।

1

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

2

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

3

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

4

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

5

लुटपाट आरोपमा चार युवकलाई पक्राउ

6

भारतमा २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित थप


Share Tweet Send