मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल


मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

कर्णाली प्रदेशक संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल भएको छ। कर्णाली काण्डको रुपमा चर्चित उक्त प्रस्तावमाथि शुक्रबार संसदीय दलको कार्यालय वीरेन्द्रनगरमा बसेको बैठकले प्रस्ताव फेल गरेको हो ।

ज्वाला पक्षका ८ जना र मुख्यमन्त्री शाही पक्षका १० जना संसदहरुको उपस्थितिमा प्रमुख सचेतक सीता नेपालीले उक्त प्रस्तावमाथि मतदान गराएकी थिईन ।

ध्वनीमतको आधारमा ३३ सदस्यीय दलमा १८ जनाले बहुमतका साथ उक्त निर्णय पारित गरेको हो । शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहेका शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो ।

अविश्वासको प्रस्ताव अस्वीकार भएसँगै प्रदेशमा मन्त्रिमन्डल पुनर्गठनका लागि ढोका खुलेको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...