काठमाडौं | प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको छ।
आज बसेको प्रदेशसभा बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका हुन्। प्रचण्ड समूहका अर्का सांसद धिरेन्द्र शर्माले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ‘टेबुल’ गरिएको जानकारी दिए।
प्रदेशसभा बैठक यही फागुन २० गते बस्ने गरी स्थगित भएको सांसद शर्माले बताए।
यसअघि आज २ बजेका लागि आह्वान गरिएको बैठक ढिलागरी सुरू भएको थियो।