http://bit.ly/bajajdurbartimes

जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहुलीसहित १३ घाइते


जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहुलीसहित १३ घाइते

धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएका छन् ।

बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन् । बेहुलाको टाउकामा र बेहुलीका हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ ।

रासस

1

नेपाललाई ५५० मिलियन पाउन्ड रकम बराबरको काेराेना खोप दिने बेलायतको घोषणा

2

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता

3

माउन्ट के टु गएकाे भए फर्किन्न थिएँःप्रधानमन्त्री

4

सन्दीप आबद्द होबार्ट प्ले अफ पुग्न असफल,पुछारको टोलीसँग पराजित

5

५० हजारभन्दा बढी शंकास्पद आवेदन, कहिले हाेला बाँडफाँड

6

नेकपाकाे अध्यक्ष बन्लान त वामदेव ?


Share Tweet Send