durbar-times

पाल्पामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, एक घाइते


पाल्पामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, एक घाइते

पाल्पाकाे रम्भागाउँपालिका–३ पीपलडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।

बुधबार बेलुकी भएको दुर्घटनामा मृत्यु हुनेमा बगनासकाली गाउँपालिका –६ यम्घाका २२ वर्षीय जीवन न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए । उनको घटनास्थलमै मृत्यु भएको हो।

कालिगण्डकी कोरीडोस्थित जिरो किमीबाट पीपलडाँडातर्फ ढुङ्गा लिएर आउँदै गरेको लु३त ६८९९ नम्बरको ट्याक्टर सडकभन्दा करिब सय मिटर तल झरेर बेलुकी दुर्घटना भएको हो।

घाइते हुनेमा रम्भा गाउँपालिका –३ पीपलडाँडाका ४० वर्षीय हरि बस्याल छन्। सामान्य अवस्था रहेको उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। चालक प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send