durbar-times

ढुङ्गाले च्यापेर एकको मृत्यु


ढुङ्गाले च्यापेर एकको मृत्यु

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटीको ढुङ्गाले च्यापेर मृत्यु भएको हो । सोही ठाउँका १८ वर्षीय सुजन जिसी घाइते भएका छन् ।

सोमबार साँझ पानी परेपछि उनीहरु ओत लागेर बसेको ढुङ्गा एक्कासी माथिबाट खसेर च्यापिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । उनीहरु बालुवा लिन कालीगण्डकी किनारमा गएको समयमा पानी परेपछि ओत लाग्न ढुङ्गामुनि बसेका थिए । बोगटीको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भाग्ने क्रममा घाइते भएका जिसीको बेनी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुसँगै ओत लागेर बसेका अर्का एक जना भागेका थिए । (रा स स )

1

दोलखा भीमसेनलाई फेरी आयो पसिना

2

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

3

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

4

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

5

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

6

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


Share Tweet Send